जसपा आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, १५ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै पक्षलाई बोलाएको छ ।

निर्वाचन आयोगले पार्टी दर्ता हुँदा बखतका कार्याकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने भन्दै गत सोमबार दुवै पक्षलाई सशरीर उपस्थित गराएर पार्टीको आधिकारिकताबारे टुंगो लगाउने आदेश कानुनसम्मत नभएको भन्दै त्यसलाई रोक्न महन्त ठाकुर पक्षले अन्तरिम आदेश मागेको थियो ।

तर, न्यायाधीश कुमार रेग्मीको एकल इजलासले ठाकुर पक्षको मात्र तर्क सुनेर अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रेग्मीको इजलासले आज दुवै पक्षलाई बोलाएर अन्तरिम आदेश दिने नदिने विषयमा निर्णय गर्न लागेको हो । निर्वाचन आयोगले जसपा विवादमा निर्णय गरिसकेको छ । आयोगले उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षलाई जसपाको आधिकारिकता दिइसकेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…