१३ साउन, गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु१ज- ४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जना घटनास्थलमै मृत्यु भएको छ।
शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
एसपी भट्टराईका अनुसार तीन जनाको दुर्घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा सात जना घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन लागिएको एसपी भट्टराईले बताए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।
दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।