पूर्वसभामुख महरालाई उच्च अदालत दियो सफाइ

श्रावण १२,काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन्।

मंगलबार उच्च अदालत पाटनले महरालाई सफाइ दिएको हो। उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले महरालाई सफाई दिने काठमाडौ जिल्ला अदालतको फैसलालाई सदर गरेका हुन्।

उनीविरुद्ध सभामुख रहेका बेला संसद् सचिवालयकै कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको आरोप लागेको थियो। उनले १४ असोज, २०७६ मा सभामुख पदबाट राजीनामा दिएका थिए।

१९ असोजमा सभामुखको सरकारी निवासबाटै पक्राउ परेका उनलाई पुर्पक्षका लागि पाँच महीना थुनामा राखिएको थियो। काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि उनी ५ फागनु, २०७६ मा रिहा भएका थिए।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी पक्ष उच्च अदालत पुगेको थियो। आज उच्च अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…