असोज दोस्रो सातादेखि तेस्रो लहर आउने सक्ने

काठमाडौं, १२ साउन । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको आधारमा आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना रहेको जनाएका छन् ।

‘सम्भावित तेस्रो लहरमा बालबालिकालगायत खोप लगाउन नपाएका व्यक्ति बढी जोखिममा पर्ने सम्भावना देखिन्छ,’ उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा कोरोना नियन्त्रण गर्न सकिनेछ । हाल झन्डै ७ प्रतिशत नागरिकले मात्रै खोप लगाएका छन् ।

संक्रमण दर बढ्दै गए ३८ हजार सात सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र सोमध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले तयार पारेको द्रुत कार्ययोजनामा उल्लेख छ । कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य पूर्वाधार तयारी थालिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…