कहाँ–कहाँ छ आज बाढीको जोखिम ?

काठमाडौं, १२ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण बर्षा सक्रिय भएको छ । आज देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । भारी वर्षाको सम्भावना रहेका कारण आज (मंगलबार) कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू सुनकोशी, तामाकोशी, दूधकोशी, अरुण, तमोर, बूढीगण्डकीलगायतमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

कन्काईमा पनि बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला, वागमती, पूर्वी राप्ती तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

aawash steels

आज इलाम, झापा, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कपिलवस्तु, बाँके, दैलेख, जाजरकोट, सुर्खेत, कैलाली, कञ्चनपुर, बझाङ, बैतडी, अछाम र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ बाढी पूर्वानुमान

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…