६० प्रतिशत नेपालीले चैत्र मसान्तसम्म खोप पाउने

नेपाल सरकारले कोरोनाविरुद्धको खोप विभिन्न मुलुकबाट असोज मसान्ता भित्र थप १करोड ५ लाख ४८ हजार मात्रा ल्याउँने पूर्व तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार संघीय प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उक्त जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो- सरकारको अबको मुख्य ध्यान खोप प्राप्ति र खोप अभियान संचालनमै रहेकोछ । कम्तिमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधिहरू सुचारु गर्न सकिनेछ । सोही अनुरुप केपी ओली नेतृत्वको सरकारले बनाएको योजना समेतलाई समावेश गरि असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप नेपाल आउँदैछ ।

aawash steels

त्यसमा कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट एस्ट्राजेनेका खोप १६ लाख भदौ पहिलो साता नेपाल आउनेछ भने भदौकै चौथो साता कोभ्याक्सबाटै ३ लाख ४८ हजार मात्रा खोप नेपाल आउँदैछ । त्यस्तै शेर बहादुर देउवाको नेतृत्वमा सरकार बने लगत्तै चीन सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने प्रतिबद्धता गरेको भेरोसेल खोप वैदेशिक अनुदानबाट १६ लाख मात्रा साउनकै अन्तिम साता सम्म आईसक्ने सचिव अर्यालले समितिलाई जानकारी गराउँनुभयो ।

साथै २०७७ फागुनमा भारतको शेरम इष्टिच्युटसँग खरिद गरि भुक्तानी समेत भैसकेको १० लाख मात्रा कोभिसिल्ड खोप आउँन बाँकी रहेकोमा बर्तमान सरकारको पहलमा भदौको दोस्रो साता सम्म नेपाल आईपुग्ने पनि जानकारी गराउनुभयो । नेपाल सरकारले चीन सरकारसँग खरिद गरेको ४० लाख र अनुदानमा दिने १६ लाख मात्रा खोप साउनको अन्तिम साता आईसक्ने र थप ६० लाख मात्रा भदौ मसान्तसम्म नेपाल ल्याउँने योजना रहेको पनि सचिव अर्यालले समितिलाई जानकारी गराउनुभयो ।

उहाँले नेपालमा कोराना बिरुद्धको खोप ल्याउँने कार्यलाई निरन्तरता दिदैै जाने क्रममा २०७८ असोजदेखि चैत मसान्ता सम्म थप ३ करोड २३ लाख मात्रा खोप भित्र्याउने योजना अनुरुप काम भैरहेको बताउँनुभयो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…