पछिल्लो २४ घण्टामा ३,४२१ जनामा संक्रमण, १,६८६ संक्रमणमुक्त, २५ को मृत्यु

काठमाडौं, ११ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १२ हजार २४० जनाको पीसीआर र पाँच हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार २७२ जनाको परीक्षण गर्दा ३,४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा ९९९ जना संक्रमित थपिएका छन् । उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ९९९ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ६७७ जना छन् । यस्तै भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

aawash steels

यो कुल परीक्षणको झण्डै २० प्रतिशत हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या सात लाख ३८ हजार ९१८ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १,६८६ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।

यही अवधिमा थप २५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ९,७३८ पुगेको छ । अहिले नेपालमा २७ हजार ९०८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६६९ जनाको आईसीयू र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…