खतराको सूचीबाट हट्दै उपत्यकाको सांस्कृतिक सम्पदा

काठमाडौं, ११ साउन । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने भएको छ । सन् २०१५ मा गएको भूकम्पलगत्तै उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो ।

भूकम्पले ध्वस्त पारेको सम्पदाको पुनर्निर्माणमा प्रगति गर्न नसकेको जनाउँदै युनेस्कोले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीमा राखेको हो । अहिले विश्वसम्पदा समितिको जारी बैठकले पुनर्निर्माण प्रगतिउन्मुख रहेको भन्दै खतराको सूचीबाट हटाउने निर्णय गरेको हो ।

aawash steels

चीनको फुजोमा जारी विश्वका १ सय ९८ पक्ष मुलुकको सहभागिता रहेको भर्चुअल बैठकबाट नेपालको सम्पदा क्षेत्रलाई खतराको सूचीबाट हटाइएको हो । बैठकबारे जानकारी दिँदै पुरातत्व विभागका सूचना अधिकृत एवं विश्वसम्पदा महाशाखा प्रमुख डा. सुरेश सुरस श्रेष्ठले नेपाल भने, ‘विश्वका अधिकांश पक्ष राष्ट्रले नेपालको सम्पदा पुनर्निर्माण प्रगतिउन्मुख रहेको बताएका थिए । सोही आधारमा तत्काललाई खतराको सूचीबाट हटाइएको घोषणा गरेको छ । विस्तृत विवरण बैठक सकिएपछि प्राप्त हुनेछ ।’

विश्वसम्पदा समितिको जारी बैठक साउन १६ गते सकिँदै छ । बैठकमा विश्वका विभिन्न मुलुकले भूकम्पले ध्वस्त भएका विश्व सम्पदा क्षेत्रका संरचना पुनर्निर्माणका लागि केही थप समय माग्दै ती क्षेत्रलाई खतरा सूचीबाट हटाउनु पर्नेमा जोड दिएको श्रेष्ठले बताए ।

युनेस्कोले भूकम्पलगत्तै हरेक वर्षको बैठकदेखि उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिइरहेको थियो । शुरुमा ८६ वटा मात्रै सम्पदा पुनर्निर्माण हुँदा खतराको सूचीमा रहेको थियो । अहिले १ सय १६ वटा सम्पदा पुनर्निर्माण भइसकेका छन् । लकडाउनको अवधिमा सम्पदा पुनर्निर्माण सन्तोषजनक भएपछि चालू बैठकले खतराको सूचीबाट हटाएको महाशाखा प्रमुख श्रेष्ठको भनाइ थियो ।
नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…