आज चार दिन देशभर भारी वर्षाको सम्भावना

काठमाडौं, ११ साउन । नेपालमा केहि समय मत्थर रहेको मनसुन पुनः सक्रिय भएको मौसमविदले बताएका छन् । न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक सर्दै आएका कारण आज (आइतबार) देखि बुधबारसम्म देशभर व्यापक वर्षाको सम्भावना देखिएकाले आम नागरिकलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मनसुन बुलेटिन–६ अनुसार बिस्तारै न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइरहेकाले यसका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना बढेको हो ।

aawash steels

यस क्रममा आज (सोमबार) सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मंगलबार राति प्रदेश–१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना हुने देखिएको छ ।

बुलेटिनमा भनिएको छ– प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।’ यस्तै बुधबार देशैभरी धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा थोरै स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना छ । बुलेटिनमा सचेत गराउँदै भनिएको छ, ‘आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…