उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

काठमाडौं, १० साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई आज (आइतबार) स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

कांग्रेसका सांसद श्रेष्ठ ललितपुरको लिटिल एन्जल्सका सञ्चालक हुन् । श्रेष्ठ प्याब्सनका पूर्व अध्यक्ष समेत हुन् । संविधानको धारा ७६ को उपधारा ९ अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

aawash steels

स्वास्थ्यमन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री आफैले राखेका छन् । कोरोना महामारीको समयमा लामो समयसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कसैलाई पनि तोक्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…