ब्रोकर नियमावली संशोधनको अन्तिम तयारी

काठमाडौं, १० साउन । धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ ।

हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी तयारी अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

उनका अनुसार अब नियमावलीले रू. १० करोडदेखि १ अर्बसम्मको चुक्ता पूँजी तोक्ने र पूँजी र अन्य मापदण्ड पूरा गर्ने सबैलाई लाइसेन्स दिइनेछ । यो समितिको प्रस्तावित चुक्ता पूँजी भएकाले अर्थ मन्त्रालयबाट पनि केही संशोधन हुनसक्ने उनको भनाइ छ । अहिलेको बजारमा यति चुक्ता पूँजी जरुरी भएको उनको तर्क छ ।

‘ब्रोकर लाइसेन्सको अनुमति बैंकको सहायक कम्पनी र अन्य ब्रोकरलाई पनि दिने गरी नियमावली बन्न लागेको हो,’ उनले भने । यो व्यवस्था आएपछि यसअघिको बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने विवाद पनि टुंगिने भएको छ ।

‘हाल भएका ब्रोकर कम्पनीहरूको पूँजी पनि कम छ । प्रविधिमा पनि चाहेजस्तो लगानी गर्न सकेका छैनन् । यसैले ठूलो पूँजी भएको र प्रविधिमा लगानी गर्न सक्ने क्षमता भएको ब्रोकर कम्पनी खोल्न जरुरी भएकाले चुक्ता पूँजीको सीमा बढाइएको हो,’ उनले स्पष्ट पारे । हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरूको चुक्ता पूँजी रू. २ करोड रहेको छ ।

बोर्डले नियमावली संशोधनका लागि ५ सदस्यीय समिति बनाएको छ । समितिको संयोजकमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल रहेका छन् । सहसचिव दंगालको समितिलाई नियमावली संशोधनका लागि सेबोन सञ्चालक समितिले १ साताको समय दिएको थियो ।
‘अब उक्त समितिले संशोधित विनियमावलीको मस्यौदा सञ्चालक समितिमा बुझाउनेछ । यसपछि हामीले अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउनेछौं । नियमावली पास भएर आएपछि यसलाई कार्यान्वयनको चरणमा लैजान्छौं,’ उनले भने ।

धितोपत्र व्यवसायको नीतिगत व्यवस्थामा बोर्डको भूमिका हुने भएकाले लाइसेन्स दिने अधिकार भएको अध्यक्ष ढुंगाना दाबी गर्छन् । तर, ब्रोकर कम्पनीको लाइसेन्स सिफारिश यसअघि जस्तै नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ । बजारमा नेप्सेको अधिकार बोर्डले लिएको भन्ने गलत हल्लाप्रति टिप्पणी गर्दै अध्यक्ष ढुंगाना यसको अधिकार बोर्डको भएको र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मेवारी समेत बोर्डको रहेको बताउँछन् । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…