हास्यकलाकार चम्सुरीले पाइन् मिर्गौला

दुवै मिर्गाैलामा समस्या भएर महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ले मिर्गाैला पाउने भएकी छिन् । नेपालमा मिर्गाैला प्रत्यारोपण गर्नका लागि हाडनाता चाहिने कानुन भएकाले डंगोललाई मिर्गाैला प्रत्यारोपणका लागि समस्या उत्पन्न भएको थियो । डंगोलका भाइ राजु डंगोलका अनुसार नेपालमा मिर्गाैला गर्न हाडनाता चाहिने भएका कारण यतै उपचार हुने कि नहुने परिवार दाेधारमा थियो ।

डंगोल परिवारले भारतमा उपचार गर्ने योजना पनि बनाएकाे थियाे । तर, डंगोलको नेपालमै उपचार गर्ने मनसाय रहेको थाहा पाएपछि परिवारभित्रै मिर्गाैला खोजी सुरु गरिएको थियो । पल्पसाका भाइ राजुले भने, ‘अहिले हामीले दिदीका लागि मिर्गाैला पाइसकेका छौँ । चार–पाँचजनाले दिने भनेर आउनुभएको छ,’  तर, अहिले दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ ।’

aawash steels

दुई दिनपछि आउने रिपोर्टले कसको मिर्गाैला प्रत्यारोपण गर्ने भनेर फाइनल हुने उनले बताए । घरमै बसिरहेको वेला सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएकी डंगोलको त्यतिवेला मात्रै दुवै मिर्गाैलाले काम गर्न छाडेको रिपोर्ट डक्टरहरूले निकालेका थिए । विगत १५ वर्षदेखि मिर्गाैलाको समस्याबाट डंगोल पीडित थिइन् ।

#Source: Nayapatrikadainik

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…