पछिल्लो २४ घण्टामा थप २,१९७ संक्रमणमुक्त, ३,११४ नयाँ संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं, ९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २,१९७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४१ हजार पाँच सय ६५ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३,११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा दुई हजार तीन सय नौ र एन्टिजेन परीक्षणमा आठ सय पाँच जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्र ६१५ जना सङ्क्रमित थपिएका छन् । यसमध्ये काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना रहेका छन् ।

यो अवधिमा १० हजार ६२५ जनाको पिसिआर परीक्षण र चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार ६ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…