‘भ्याली कमाण्ड’ घोषणा गर्दै काठमाडौंमा युथफोर्सको शक्ति प्रदर्शन, ओली अनुपस्थित

काठमाडौं, ९ साउन । नेकपा एमाले निकट युथ फोर्सले भ्याली कमाण्ड घोषणा गरेको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो । एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।

युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानबाट युथफोर्सले मोटरसाइकल र्‍याली तथा विभिन्न शक्ति प्रदर्शन गरेको छ । पछिल्लो समय एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीले आ–आफ्नै तरिकाले विभिन्न संघ, संगठनहरू विस्तार गर्दै गइरहेका छन् । केही दिन अघि मात्र नेपाल पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्स घोषणा गरेको थियो ।

aawash steels
प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…