ऋण लिएर भए पनि जनतालाई खोप लगाउँछौं : प्रधानमन्त्री

काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भए पनि नेपाली नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने बताएका छन् । संसदमा प्रधानमन्त्रीलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिंदै देउवाले सरकारको प्रथामिकता नै नेपाली जनतालाई खोप लगाउने भएको बताए ।

‘यो सरकारको प्राथमिकता भनेकै खोप हो, हामी खोप लगाउनका लागि प्रयत्न जारी राख्नेछौं, प्रधानमन्त्री देउवाले भने, ‘ऋण सापटी गरेर भए पनि जतिसुकै महंगो मूल्यमा किनेर भए पनि हामी सम्पूर्ण नेपाली जनतालाई खोप लगाउने प्रयास गर्नेछौं ।’ उनले गठबन्धनमा रहेका अनुभवी नेताहरुको अनुभवलाई प्रयोग गरेर केही न केही काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

‘मलाई विश्वास छ, मेरो कार्यकाल पूरा हुँदासम्म केही न केही भिजिवल काम गरेर जानेछु’, देउवाले भने, ‘यो गठबन्धनमा अनुभवी नेताहरु हुनुहुन्छ, प्रचण्डजी, उपेन्द्रजीसहितका नेताहरु हुनुहुन्छ । उहाँहरु समेतलाई विश्वासमा लिएर मेरो कार्यकालभित्र केही न केही भिजिवल काम गरेर जानेछु ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…