लुम्बिनी ठेक्का विवाद प्रधानमन्त्री देउवा र अख्तियारसम्म

काठमाडौं, ६ साउन । लुम्बिनी विकास कोषले आह्वान गरेको चार वटा प्याकेजको ठेक्कामा उठेको विवाद मुलुकका उच्च निकायहरुसम्म पुगेको छ । कोषले गत जेठ १० मा लुम्बिनी गुरुयोजनाअन्तर्गत सडक, ढल, बिजुलीलगायत विभिन्न निमार्ण कार्य गर्न साढे तीन अर्ब रुपैयाँका चार वटा प्याकेज तयार गरी ठेक्का आह्वान गरेको थियो ।

यो ठेक्कामा चार जना निमार्ण व्यवसायीको अनुभवलाई मात्र मिल्ने गरी प्रावधान समावेश गरिएको भन्दै विरोधमा उत्रिएका अन्य व्यवसायी मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्य सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पुगेका हुन् । व्यवसायीले यही सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि निवेदन हालेका थिए । निमार्णमा उत्रिएका व्यवसायीहरुले ती उच्च निकायमा पेस गरेको आरोप लगाइएको छ ।

aawash steels

निवेदनमा चार वटा प्याकेजमा माग गरिएको ठेक्कामध्ये तीनवटा सडक निमार्णको कार्य गरेको अनुभव भए पनि पुग्नेमा कोषले लुम्बिनी पुरातात्विक क्षेत्रभित्रै काम गरेको हुनुपर्ने मापदण्ड तोकेको बताइएको छ । यस्तै निवेदनमा टेन्डरमा सडक बत्तीको काम गरेको अनुभव पनि लुम्बिनी पुरातात्विक क्षेत्रमा नै गरेको हुनुपर्ने भनिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

गोप्य रुपमा एमसिसी कार्यान्वयन सम्झौता गरिएको सांसद रावलको दाबी

श्रावण १५, काठमाडौँ। नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता भइसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष…

इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रण…

काठमाडौं, १४ साउन । अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस…

जसपा आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, १५ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै…

भरिंदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, १५ साउन । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले…

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् २९ खोप…

ललितपुर, १५ साउन । ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९…