पछिल्लो २४ घण्टामा थप ३,१०८ नया संक्रमित, १,५९५ संक्रमणमुक्त, २५ जनाको मृत्यु

काठमाडौं, ५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३१ सय बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १३५ जनाको परीक्षणबाट ३१ सय ८ संक्रमित थपिएको जानकारी दिएको छ ।

परीक्षणको २३ दशमलव ६७ प्रतिशतमा संक्रमण देखिएको हो । जसमा पीसीआरबाट मात्रै २२ सय २ जना थपिएका हुन् । काठमाडौं उपत्यकामा संक्रमित ह्वात्तै बढेका छन् । मंगलबार काठमाडौंमा ५३१, ललितपुरमा १४७ तथा भक्तपुरमा ४१ जना थपिएका हुन् । त्यस्तै मोरङ्गमा २५२, झापामा १७८, सुनसरीमा १६५ तथा कास्कीमा १२६ जना थपिएका छन् ।

aawash steels

मंगलबार २५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार ६०७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १,५९५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हाल सक्रिय संक्रमित बढेर २६ हजार ४ सय १९ पुगेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

गोप्य रुपमा एमसिसी कार्यान्वयन सम्झौता गरिएको सांसद रावलको दाबी

श्रावण १५, काठमाडौँ। नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता भइसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष…

इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रण…

काठमाडौं, १४ साउन । अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस…

जसपा आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, १५ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै…

भरिंदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, १५ साउन । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले…

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् २९ खोप…

ललितपुर, १५ साउन । ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९…