कक्षा १२ को परीक्षा साउन ३१ देखि, देशभर चार हजार ३१० परीक्षा केन्द्र

काठमाडौं, ५ साउन । कक्षा १२ को परीक्षा आउँदो ३१ साउनदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए ।

उनले परीक्षा साउनको अन्तिम दिन शुरु भएर भदौ ९ गते सकिने बताए । परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा आजै राखिने प्रवक्ता अर्यालले बताएका छन् ।

बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको छ । देशभरमा ४,३१० परीक्षा केन्द्र कायम भएका छन् । सञ्चालनका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले शर्तसहित अनुमति दिएको थियो । सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको हो ।

कक्षा १२ मा झण्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय गरेको परीक्षा कोभिड– १९को संक्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । तर, यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…