आजदेखि दैनिक काठमाडौं–दिल्ली ६ उडान

नवलपरासी, ४ साउन । आज (सोमबार) देखि काठमाडौं–दिल्ली दैनिक ६ वटा उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले आजदेखि साउन १५ गतेसम्मका लागि सातामा काठमाडौं–दिल्ली रुटमा उडान संख्या ६ पु¥याइएको जनाएको छ । यसअघि यो रुटमा २ वटा उडान मात्रै हुँदै आएका थिए ।

साउन ४ गतेदेखि नेपाल वायुसेवा निगम र भारतीय एयर इण्डियालाई सातामा ३–३ गरी ६ वटा उडान गर्ने अनुमति प्रदान गरिएको प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए । यो अनुमति साउन १५ सम्म कायम रहने छ । ‘अब काठमाडौं–दिल्ली रुटमा बिहीबार बाहेक बाँकी सबै दिन उडान हुनेछन्,’ भुलले भने ।

aawash steels

कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले गएको वैशाख २३ गतेदेखि काठमाडौं–दिल्ली उडान संख्या १४ बाट घटाएर दुई मा सीमित गरेको थियो । यस अवधिमा विश्वका अन्य मुलुकमा नेपालबाट हुँदै आएको अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइएको भए पनि काठमाडौं दिल्ली उडान भने रोकिएको थिएन ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…