९५ प्रतिशत रोपाइँ सकियो

नवलपरासी, ४ साउन । (बर्दघाट–सुस्तापूर्व)मा ९५ प्रतिशत रोपाइँ सकिएको छ । समयमै मनसुन शुरु भएका कारण यस वर्ष असार मसान्तसम्म बर्खेधानको ९५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

‘यस वर्ष समयमै पानी पर्यो, जिल्लामा मल बीउको समेत अभाव भएन । त्यसैले असार सकिने बेलासम्म ९५ प्रतिशत रोपाइँ सकियो’, कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी शङ्कर पौडेलले भने ।

साउनको पहिलो हप्तासम्म जिल्लामा रोपाइँ हुने सबै क्षेत्रमा बर्खेधान रोपेर सकिने पौडेलले बताए । यस वर्ष जिल्लामा २० हजार ८७० हेक्टर क्षेत्रफलमा बर्खेधान रोपाइँ हुने सूचना अधिकारी पौडेलले जानकारी दिए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ६० हजार ६६७ हेक्टर खेतीयोग्य जमीन भएको भन्दै पौडेलले २७ हजार ३६१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको बताए ।

‘नवलपुरमा खेतीयोग्य जमीन र सिँचाइ हुने जमीनको तुलनामा धान खेती हुने क्षेत्रफल निकै नै कम छ’, सूचना अधिकारी पौडेलले भने, ‘अघिल्लो वर्ष २० हजार ९९० हेक्टर क्षेत्रफलमा बर्खेधान लगाइएको थियो तर यस वर्ष बर्खेधान रोपाइँ हुने क्षेत्रफल घटेको छ ।’ कृषक नगदे बालीमा आकर्षित हुनु तथा खेतमा प्लटिङ गर्ने परिपाटी बढ्दै जानुले समेत बर्खेधान लगाइने क्षेत्रफल खुम्चिँदै गएको पौडेलले बताए । जिल्लामा सावित्री, रामधान, सावा मन्सुलीलगायतका धान बर्खेधानका रूपमा लगाउने गरिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…