पछिल्लो २४ घण्टामा थप १,६६७ संक्रमणमुक्त, १,८०१ नयाँ संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं, ३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १,६६७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १,८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९,६२८ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा १,८०१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ६,६२८ जना पिअिसार परीक्षण गर्दा १,२२३ र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।

aawash steels

हालसम्म पिसिआर र एन्जिजेन परीक्षण गर्दा ७ लाख १६ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख ३२ हजार ७४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ५५० जना संक्रमितको मृत्यु भइसकेको छ ।

देशभर २५ हजार ४८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २२ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ६५१ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ५६१ जना आइसियुमा र १६५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३४० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

गोप्य रुपमा एमसिसी कार्यान्वयन सम्झौता गरिएको सांसद रावलको दाबी

श्रावण १५, काठमाडौँ। नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता भइसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष…

इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रण…

काठमाडौं, १४ साउन । अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस…

जसपा आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, १५ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै…

भरिंदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, १५ साउन । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले…

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् २९ खोप…

ललितपुर, १५ साउन । ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९…