देउवाले पाउलान् विश्वासको मत ?

काठमाडौं, ३ साउन । प्रधानमन्त्रीमा नियुक्त भएको एक सातामै शेरबहादुर देउवाले आजै (आइतबार) संसदमा विश्वासको मत लिंदैछन् । एक महिनाभित्र विश्वासको मत लिने सुविधा रहेकाले प्रधानमन्त्रीले यसबारे हतारो नगर्ने अनुमान भइरहेकै बेला सत्ता पक्षले आजै विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिमा पेस गरेको छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाउलान् कि नपाउलान् अहिले चासोको विषय बनेको छ । यसबारेमा प्रतिनिधिसभाको अंक गणित केलाउनु पर्ने हुन्छ । प्रतिनिधिसभा नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४९ सांसद छन् । जसपाका ३४ मध्ये उपेन्द्र यादवको पक्षमा १७ सांसद उभिएका छन् । राष्ट्रिय जनमोर्चाकी एक सांसद पनि प्रधानमन्त्री देउवाको गठबन्धनमा छिन् । यी सबै जोड्दा देउवाको पक्षमा १२८ मत पुग्छ ।

प्रतिनिधिसभामा हाल कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पु¥याउन प्रधानमन्त्री देउवाले १३६ मत ल्याउनुपर्ने हुन्छ । यो हिसाबले उनलाई थप ८ मतका लागि या त माधव नेपाल समूहले मत हाल्नुपर्ने हुन्छ, या महन्थ ठाकुर पक्षले मत दिनुपर्ने हुन्छ ।

प्रतिनिधिसभा राप्रपा र नेपाल मजदुर किसान पार्टीका एक-एक सिट छन् । राप्रपा सांसद राजेन्द्र लिङ्देन यसबारे पार्टीले निर्णय गरिनसकेको बताउँछन् । नेमकिपाले देउवालाई विश्वासको मत नदिने सो पार्टीका सांसद प्रेम सुवालले जानकारी दिएका छन् ।

माधव नेपाल पक्षका नेताहरूले भने देउवालाई विश्वासको मत दिने बताउँदै आएका छन् । यसअघि नै माधव नेपाल समूह देउवाको गठबन्धनमा सहभागी हुँदै आएको छ । सर्वोच्च अदालतमा परेको रिटमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । सर्वोच्चमा बुझाइएको रिटमा बहुमत अर्थात् १४६ सांसदको हस्ताक्षर जुटेको हुनाले त्यो मत सदनमा पनि देउवाले पाउने सत्ता पक्षको दाबी छ ।

एमालेका कुल १२१ सांसदमध्ये २३ जना माधव नेपालको पक्षमा रहेकाले ओलीको पक्षमा ९८ सांसदमात्र छन् । यीमध्ये पनि केही सांसदले फ्लोर क्रस गरेर देउवालाई सघाउने भित्री वचन दिएको कांग्रेस स्रोतको दाबी छ । संविधानको धारा ७६(५) अनुसार सरकार बन्ने प्रयोजनका लागि मत दिएबापत् सांसदहरूलाई कारबाही नगर्नू भनेर सर्वोच्च अदालतले ह्वीप नलाग्ने निर्णय गरिसकेको अवस्था रहेकाले देउवाको पक्षमा क्रस भोटिङ हुने र सरकारले विश्वासको मत पाउने सत्ता पक्षको दाबी छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा २३२ सांसद उपस्थित रहेकोमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत खसेको थियो । १५ जना भने तटस्थ रहे ।

यता केपी ओलीको अध्यक्षतामा शुक्रबार बसेको नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बेग्लाबेग्लै बैठकले देउवालाई विश्वासको मत नदिने संस्थागत निर्णय गरेको छ । ओली पक्षले आज पनि स्थायी कमिटी बैठक डाकेको छ । बैठक भर्खर शुरु भएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…