एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं, ३ साउन । नेकपा एमाले स्थायी कमिटी बैठक चलिरहेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा ११ः४५ बजेबाट बैठक शुरु भएको हो ।

आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । विघटित कार्यदलका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक रोक्न आग्रह गरेका थिए । तर अध्यक्ष ओलीले बैठक रोक्न नसकिने जवाफ दिएका थिए । आजको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको छैन । यस्तै उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी भएका छैनन् ।

यता वरिष्ठ नेता माधव नेपाल पक्ष भने सहमति बिना बोलाइएको कुनै पनि बैठकमा सहभागी नहुने अडानमा छ । सोही अनुसार आजको बैठकमा पनि सहभागी नभएको नेपाल पक्षका नेता रघुजी पन्तले जानकारी दिएका छन् ।

‘अनुरोध त धेरै अगाडिदेखि भइरहेकै हो, पटक–पटक सारेकै हो, अब जे हुन्छ, औपचारिक रूपमा बैठकमै छलफल हुन्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भने, ‘बैठकमा सहभागी हुनुपर्‍यो, आफ्ना कुरा राख्नुपर्‍यो । किनभने कार्यदलले तयार पारेको १० बुँदे सहमति पार्टीले ग्रहण गरिसकेको छ । त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’

ओली सत्ताच्युत भएपछि दोस्रोपटक एमाले स्थायी कमिटीको बैठक बसेको हो । यसअघि शुक्रबार बसेको पहिलो बैठकले पार्टी एकताका लागि कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल विघटन गरेको थियो । तर पनि यसका सदस्यहरूले दुई पक्ष (ओली–माधव नेपाल) बीच एकताका लागि पहल र वार्ता जारी राखेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…