चीनबाट थप ६४ लाख डोज खोप आउँदै

काठमाडौं, ३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

सरकारले चीनको खोप निर्माता कम्पनी सिनोफार्मसँग ४० लाख डोज ‘भेरोसेल’ खोप खरीद गर्ने सम्झौता गरेको थियो, जसमध्ये ८ लाख डोज गत असार २४ गते आइपुगेको थियो । दोस्रो चरणको खोप साउन ६ गते आइपुग्ने भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले असार १५ गतेसम्ममा सबै खोप आइपुग्ने जानकारी दिए ।

शुक्रवार मात्रै चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने वाचा गरेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई खोप अभियानका लागि सहयोग गर्ने बताएकी थिइन् ।

यसबाहेक जापानबाट पनि १६ लाख डोज खोप आउने पक्का भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । ‘खरीद गरिएको ३२ लाखसहित ६४ लाख खोप आउने पक्का भएको छ,’ उनले भने । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…