एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, ३ साउन । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (आइतबार) बस्दैछ । बैठक बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्नेछ ।

पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले तत्काल बैठकको माहौल नभएको भन्दै केही दिन बैठक रोकेर १० वुँदे सहमति कार्यान्वयन गर्न गरेको प्रस्ताव अध्यक्ष केपी ओलीले मानेनन् ।

aawash steels

नेपाललाई मनाउन सधैं बैठक रोक्न नसकिने भन्दै ओलीले आज स्थायी कमिटी बैठक डाकेका हुन् । आजको बैठकले भोलि केन्द्रीय कमिटीको एजेण्डा तय गर्दै बैठक बोलाउने बताइएको छ ।

यसअघि गत शुक्रवार बसेको स्थायी कमिटी बैठकले १० वुँदे सहमति अनुमोदन गर्दै विवाद समाधानका लागि गठित कार्यदल भंग गरेको थियो । कार्यदल भंग गरिए पनि हिजो बिहान कार्यदलका सदस्यहरु अनौपचारिक छलफलमा जुटेका थिए ।

उनीहरुले ओली निवास बालकोट पुगेर आजको लागि तय गरिएको बैठक रोक्न आग्रह गरेका थिए । एमालेको नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वाशको मत दिने संकेत दिएपछि पार्टी एकता फेरि धुमिल भएको छ । आजको स्थायी कमिटी वैठकमा पनि नेपाल पक्ष सहभागी हुने–नहुने अन्योल नै छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…