मनसुन सक्रिय, साउन ५ सम्म बाढीको खतरा

काठमाडौं, २ साउन । नेपालमा आज (शनिबार) देखि मनसुन फेरि सक्रिय भएको छ । मनसुनी वायुका कारण देशभर बर्षाको मात्रा बढ्ने मौसमविदले बताएका छन् ।

देशका केही ठूला नदीहरुमा आजदेखि यही साउन ५ गतेसम्म पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबईलगायत नदीमा बहाव उल्लेख्य बढ्ने जनाइएको छ । केही नदीमा जलसतहले सतर्कता तह पार गर्ने अनुमान गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त अवधिमा नारायणी र कोशीका सहायक नदीहरू कालीगण्डकी, मर्स्याङ्दी, बूढीगण्डकी, त्रिशूली, सुनकोशी, भोटेकोशी, तामाकोशी, अरुण, तमोरलगायत नदीहरुमा बहाव सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ । उक्त अवधिभर नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…