साउन १५ सम्ममा ३२ लाख डोज खोप आउँछ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो साउन १५ गतेसम्ममा ३२ लाख डोज भेरोसेल खोप नेपाल आइसक्ने जनाएको छ ।

अबको दुई सातासम्ममा चीनबाट ३२ लाख डोज खोप नेपाल आउने जानकारी दिँदै खोप अभियान निरन्तर अघि बढाइने मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताएका छन् । ‘१८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने योजना सरकारको छ । त्यसका लागि खोप व्यवस्थापनको काम भइरहेको छ । यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ,’ डा.अधिकारीले सार्वजनिक सूचना जारी गर्दै भनेका छन् ।

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको छ । त्यसअनुसार ८ लाख डोज खोप आइसकेको र साउन ६ गतेदेखि थप खोप आपूर्ति हुने अधिकारीले जानकारी दिए । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने जानकारी गराइसकेको छ । यसअघि चीनले नेपाललाई १८ लाख डोड भेरोसेल खोप अनुदानमा दिएको थियो ।

त्यस्तै कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजना समेत सरकारले बनाएको अधिकारीले बताएका छन् । ‘चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाइने छ,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका सबै नागरिकलाई दोस्रो मात्रा खोपको व्यवस्था भइसकेको छ । केही दिनमै ती खोपहरु प्राप्त हुनेछन् ।’

जोन्सन एण्ड जोन्सनको खोप अभियान नरोकिने, ढुक्क भएर लगाउन आग्रह
अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोप लगाएकामध्ये केही अमेरिकीमा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको बताइएपछि यसलाई लिएर विभिन्न आशंकाहरु उत्पन्न भइरहेका छन् ।

अमेरिकामा १ करोड २८ लाख जनाले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् । जसमध्ये कम्तिमा १०० जनालाई यस्तो दुर्लभ साइड इफेक्ट देखिएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ । यसमध्ये ९५ प्रतिशतमा गम्भीर समस्या देखिएको र अस्पताल भर्ना भएका थिए ।

यद्यपी अमेरिकीकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले अहिलेसम्म उपलब्ध प्रमाणले जोन्सन एण्ड जोन्सनको खोप र गीयाङबारे सिन्ड्रोम (स्नायु प्रणालीसम्बन्धी समस्या) को जोखिमबीच सम्बन्ध रहेको देखाए पनि प्रत्यक्ष सम्बन्ध रहेको स्थापित गर्ने आधार भने स्पष्ट नभएको बताएको छ ।

सोही खोप नेपाललाई अमेरिकाले १५ लाख बढी डोज उपलब्ध गराएको र साउन ४ गतेदेखि लगाउने तयारी भइरहँदा केही अलमल देखिएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले एउटा मात्रा मात्रै लगाए पुग्ने जोन्सन खोपलाई विश्व स्वास्थ्य संगठनले नै ५५ देशमा आपत्कालीन प्रयोगको अनुमति दिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् ।

बाहिर हल्ला भए जस्तो यो खोप लगाउँदा ठूलो जोखिम नभएको सहप्रवक्ता डा. अधिकारी बताउँछन् । ‘सबै खोपका केही न केही जोखिमहरु सार्वजनिक हुन्छन् तर, जोखिमभन्दा लाभ कयौं गुणा बढी हुने भएकाले ढुक भएर खोप लगाउँदा हुन्छ’, उनले भने ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…