काठमाडौंमा कोरोनाको खोप कार्यक्रम स्थगित

काठमाडौं, १ साउन । काठमाडौमा सञ्चालन भइरहेको कोरोना भाइरस (कोभिड—१९) विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । कोरोनाविरुद्धको भेरोसेल खोप असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिए पनि खोप सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको हो ।

साउन २ गते अर्थात भोलिसम्म सञ्चालन गर्न भनिएको खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए । सरकारले चीनबाट खरिद गरेको मध्ये ८ लाख मात्रा खोप ल्याएपछि खोप अभियान शुरु गरिएको थियो ।

मन्त्रीस्तरीय निर्णयबाट ५५ बर्षमाथिका सबै व्यक्तिलाई भेरोसेल खोपको पहिलो मात्रा दिन निर्णय भएको थियो । यो खोप विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुले समेत यसै पटक भेरोसेल खोप दिने र अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई लगाई दिने निर्णय भएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…