नेपालमा हालसम्म ५.०९ प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौं, १ साउन । नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना बनाएकोमा ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ४८ हजार १ सय ३४ जनाले भेरोसिलको दोस्रो मात्रा (पूर्ण खोप) लगाएका छन् ।

aawash steels

यस्तै, २६ लाख २१ हजार ४ सय ७६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ९२ हजार ९ सय ९२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् ।

हालसम्म झण्डै ५८ लाख मात्रा कोरोना संक्रमणविरुद्धको खोप नेपाल भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत ८ माघ २०७७ देखि हालसम्म ५७ लाख ८२ हजार ८ सय ५० मात्रा खोप नेपाल भित्रिएको हो । जसअन्तर्गत भारतबाट २४ लाख ४८ हजार मात्रा, चीनबाट १८ लाख मात्रा र अमेरिकाबाट १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एन्ड जोनसनको खोप प्राप्त भएको । राजधानी दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…