गठबन्धनको वैठकमा नेपाल पक्ष पनि सहभागी

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसहितको सत्ताधारी गठबन्धनको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सहभागी भएको छ । आज (बिहीबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा नेता नेपालको पक्षबाट डा. विजय पौडेल सहभागी भएका थिए ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जसपाबाट अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका नेपाल पक्षले विश्वासको मत दिने बताइसकेको छ ।

aawash steels

गठबन्धनको वैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन र नयाँ गल्ती नगर्न सुझाव दिएको छ । गठबन्धनका नेताहरूले सरकार सञ्चालन देशको अवस्था र जनताका आवश्यकतामा केन्द्रित हुन सुझाव दिएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् ।

यादवले भने, ‘केपी शर्मा ओलीबाट जुन गल्ती भएका छन्, ती गल्ती सच्याउँदै जानुहोस् र थप गल्ती नगर्नुस् भनेर सुझाव दिएका छौं ।’ उनले सरकार विस्तारका विषयमा कुराकानी भएको स्वीकार गरे पनि त्यसबारे थप केहि केही बताएनन् । ‘भोलिबाट सरकार विस्तार शुरु हुन्छ होला’, यादवले भने ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…