काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले (बिहीबार) आज एक साथ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवुकमार नेपालसँग भेटवार्ता गरेका छन् ।
एमाले वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा बिहीबार बिहान नेताहरूबीच भेटवार्ता भएको प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले जानकारी गराएकी छिन् । यसअघि बुधबार पनि विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुमलटार गएर भेटवार्ता गरेका थिए ।
तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएका विप्लवले भेटघाटलाई तीब्र बनाएका छन् । भेटमा विप्लवले अघिल्लो सरकारसँगको शान्ति सम्झौता, आफ्ना नेता–कार्यकर्ताको अवस्था, वर्तमान जटिल राजनीतिक अवस्था लगायतका विषयमा कुराकानी गरेको जनाइएको छ ।