सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, ३१ असार । मन्त्रिपरिषद्को बैठक आज (बिहीबार) बस्दै छ । दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो । बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने बताइएको छ । यसअघि, सरकार गठन भएको दिन गएको मंगलबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । आजको बैठकले प्रतिनिधि सभाको अधिवेशन बोलाउनेलगायातका विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए ।

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ साउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो । त्यही आधारमा मन्त्रीपरिषद्ले संसद अधिवेशन आह्वान गर्न लागेको हो । ‘बैठकमा कोरोना संक्रमण नियन्त्रण, अघिल्लो सरकारले गरेका कतिपय असंवैधानिक निर्णयका विषयमा समेत छलफल गर्ने सम्भावना छ,’ ती मन्त्रीले भने ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…