विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन् । उनी आज विशेष अदालतमा उपस्थित भएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिएका छन् । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उनीसँगै १७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतले गच्छदारविरुद्ध पछिल्लो पटक जारी गरेको ३० दिनको म्याद सकिएको थियो । गच्छदार अदालतमा हाजिर भएपछि अब थुनछेकको प्रक्रिया अघि बढ्ने छ ।

aawash steels
प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…