आज यी जिल्लामा छ आज बाढीको जोखिम

काठमाडौं, ३० असार । मनसुनी वायुको प्रभावका कारण आज (बुधबार) पनि देशका धेरैजसो भू–भागमा वर्षा हुने मौसमविदले बताएका छन् ।
आज देशका चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

बर्षाका कारण कोशी, महाकाली जलाधारका सहायक नदीहरुमा आज पानीको बहाव केही बढ्ने तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानूमान छ । कन्काई, कमला, वागमती, तिनाउ र यसका सहायक नदीमा पनि बहाव केही बढ्ने छ । केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

नारायणी, कर्णाली र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुनेछ । पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको मापनानुसार महाकाली, कर्णाली, नारायणी, कोशी र सहायक नदीहरुमा बहाव सतर्कता तहभन्दा तलै रहेको जनाइएको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, उदयपुर, ताप्लेजुङ, सोलुखम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्जा, कास्की, म्याग्दी, बागलुङ, पर्वत, परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रोल्पा, दाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव केही बढ्ने छ ।
यस्तो छ बाढी पूर्वानुमान

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…