सर्वोच्चको फैसला नमान्ने भन्दै ओली समर्थक सडकमा

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले सुनाएको सबै फैसला नमान्ने भन्दै प्रधानमन्त्री तथा सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समर्थक सडकमा उत्रिएका छन् ।

ओली समर्थक कार्यकर्ताले अदालतका सबै फैसला नमान्ने भन्दै सडक प्रदर्शनमा उत्रिएका छन् । सर्वोच्च अदालतको फैसलाविरुद्ध उत्रन नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले उर्दी जारी गरेका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि एमालेका नेता बस्नेतले सामाजिक सञ्जालबाट माइतीघर मण्डलामा उत्रिएर अदालतको आदेशको विरोध गर्न आदेश दिएका हुन् । बस्नेतले सर्वोच्चको फैसलाले देश द्वन्द्वमा फसेको दाबी गरेका छन् । युवा संघका सबैलाई माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गर्दै देशभर विरोध प्रदर्शन गर्न माग गरेका छन् ।

‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाउँ,’ बस्नेतले लेखेका छन्,’ आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन । निर्दलीय शासन व्यवस्थाको पुनः बिजारोपन भएको दिन । ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङ्गवाला केही न्यायमुर्तिका नामधारीहरुले हातमा लिएको क्षण । अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ ।

उनले सर्वोच्चको फैसला कार्यान्वयन गराउनै असम्भव रहेको जिकिर गरेका छन् । ‘यो परमादेश कार्वान्यन गर्ने असम्भाव छ, युवा संघले यसको विरुद्ध तुरुन्तै माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्दैछ । जो जहाँ छौ सहभागी बनौं । देश भर बिरोध प्रदर्शन गरौं ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…