अमेरिकाले दिएको १५ लाख डोज खोप आज नेपाल आइपुग्दै

काठमाडौं, २८ असार । कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप आज (सोमबार) बिहान नेपाल आइपुग्दै छ । कोभिड– १९ विरुद्धको जे एन्ड जे भ्याक्सिन बिहान ११ बजे कतार एयरवेजको नियमित उडानबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने भएको हो ।

अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो । यो खोप ब्रसेल्सबाट ल्याउन लागिएको हो । अमेरिकाबाट प्राप्त भएको खोप कस्ता नागरिकलाई प्रदान गर्ने भन्ने निर्णय भने सरकारले अहिलेसम्म गर्न सकेको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले भने छुटेका र जोखिमयुक्त समूहका नागरिकलाई प्राथमिकतामा राखेर यो खोप लगाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

aawash steels

काठमाडौंस्थित अमेरिकी दूतावासले कोभिडविरुद्धको यो खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको जनाएको छ । दूतावासका प्रवक्ता एन्ना रिच एलेनले अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार स्वरुप १५ लाख डोज खोप उपलब्ध गराएको जानकारी दिएकी छन् ।

खोपका लागि नेपालले विगत लामो समयदेखि अमेरिकलाई आग्रह गर्दै आएको थियो । अहिलेसम्म नेपालले चीन र भारतबाट ल्याइएका खोप दिँदै आएको छ । अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल भइरहेको सरकारले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सन् २०२१ भित्रै सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने दाबी गरेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…