यी हुन् कोरोना संक्रमण दर धेरै भएका नौ जिल्ला

काठमाडौं, २८ असार । देशभर कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणदर स्थिर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातालाई आधार मान्दा दैनिक २ हजार ३ सय ३५ जना संक्रमित थपिने गरेका छन् ।

प्रत्येक पाँच जनामा कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर संक्रमण पत्ता लाग्नेदर २२ दशमलव ३ प्रतिशत रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ जना रहेको छ । जसमध्ये २३ हजार ४ सय ७१ जना संक्रमित होम आइसोलेसन र २ हजार ७ सय २ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ५ सय ५३ जना आईसीयूमा र १ सय ७५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । देशभर ३ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्ला नौवटा छन् । जसअन्तर्गत प्रदेश १ कोे मोरङ, सुनसरी र झापा, बाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन, गण्डकी प्रदेशको कास्की रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना महामारी अझै समाप्त नभएको भन्दै हेलचेक्र्याइँ नगर्न आग्रह गरेको छ । अधिकांश जिल्लामा १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

विगत १४ दिनमा कास्की, स्याङजा काठमाडौं, चितवन, कास्की, प्युठान, डोल्पा, कञ्चनपुर, बझाङ, बाजुरा, मुगुमा संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या घटे पनि जोखिम अझै कायम रहेको भन्दै हेलचेक्र्याइँ नगर्न र जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न सरकारले आग्रह गर्दै आएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…