पछिल्लो २४ घण्टामा थप १,८३१ जनामा संक्रमण, २० जनाको मृत्यु, १,५३५ संक्रमणमुक्त

काठमाडौं, २७ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १,५३३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ५५ हजार ४४९ जना संक्रमित पुष्टि भएका छन् भने तीमध्ये ६ लाख १९ हजार ८९४ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १,८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ९,२१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,८३३ जनामा संक्रमण पुष्टि भएको हो ।

aawash steels

स्वास्थ्य मन्त्रालयका अनुसार ५,५३५ जना पिअिसार परीक्षण गर्दा १,२३७ र ३,६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमित पत्ता लाग्ने दर २२.३ प्रतिशत छ । अर्थात नेपालमा ५ जनाको परीक्षण गर्दा एक जना संक्रमित पुष्टि भइरहेका छन् । पछिल्लो २० घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ३८२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २३ हजार ४७१ जना संक्रमित होम आइसोलेसन र २ हजार ७०२ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ५५३ जना आइसियुमा र १७५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३०४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…