नागरिक अभियान्ताको प्रदर्शनमा हस्तक्षेप, सिंहदरबार अगाडिबाट दर्जन बढी पक्राउ

काठमाडौं, २७ असार । प्रहरीले सिंहदरबार अगाडिबाट नागरिक अभियान्ताहरुलाई पक्राउ गरेको छ । स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथितिविरुद्ध तथा धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनका निम्ति नागरिक आन्दोलनले आइतबार सिंदरबार अगाडि प्रदर्शनमा उत्रिएका अभियान्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीले १५ जना भन्दा बढी नागरिक अभियान्ताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नागरिक अभियान्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा, प्रणेतालगायत छन् । नागरिक आन्दोलनको ‘सिंहदरबार मार्च’ मा प्राध्यापक डाक्टर गोविन्द केसी समेत उपस्थित भएका छन् । कार्यक्रम शुरु नहुँदै अभियान्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम प्रभावित भएको छ । प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…