मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत, २६ असार । निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध हुँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन् । यही असारको शुरुमै मनसुन भित्रिएकाले दैनिकजसो सडकमा खसेका पहिरोले निर्माण कम्पनी मात्रै नभएर स्थानीयवासी, यात्रुलगायत सबैले सास्ती खेप्नु परिरहेको छ ।

सडकको पर्वत खण्डअन्तर्गत बागलुङ सीमाको मालढुङ्गादेखि कास्कीको सीमा नयाँपुलसम्म असारयता दैनिकजसो अवरोध हुने गरेको छ । दैनिकजसो परेको झरीसँगै खस्ने पहिरो तथा सडक हुँदै बग्ने सानातिना खहरे खोलामा आउने बाढीका कारण सडक दैनिकजसो अवरोध हुने गरेको हो ।

aawash steels

गत मङ्गलबार सोही सडकको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका मुख्य इन्जिनियर नै बेपत्ता हुने गरी उर्लिएको कुश्मा–८ दोबिल्लास्थित सुन्दरेखोलाले सडकको करीब ५० मिटर भागमा क्षति बनाएपछि अहिले एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ । बाढीले बगाएका इन्जिनियर र चालकको अवस्था अझै अज्ञात छ ।

लामा कन्स्ट्रक्सनका निर्देशक पीताम्बर बडूले सर्वसाधारणले दुःख पाउन नपरोस् भनेर यातायात खुलाउन निकै प्रयास भइरहेको बताए । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका ­२ अर्मादी र नयाँपुलको बीचमा खसेको पहिरो हटाएर सडक सहज बनाउन कम्तीमा चार दिन लाग्ने उनको भनाइ छ । पहाड नै खसेर अवरोध गरेपछि अहिले ब्रेकर लगाएर ढुङ्गा फोर्ने काम भइरहेको छ ।

मध्यपहाडी राजमार्गको यो खण्ड धौलागिरिका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलाई गण्डकी प्रदेश तथा देशभरका अरू जिल्लासँग जोड्ने एकमात्र स्थलमार्ग हो । यसको भरपर्दो वैकल्पिक मार्ग छैन । निर्माणाधीन कालीगण्डकी करिडोर पनि वर्षासँगैका पहिराले क्षत विक्षत् हुँदा आवतजावत टुटेको छ । दैनिकजसो घण्टौँ सडक अवरुद्ध भएपछि बिरामी तथा अत्यावश्यक कामका लागि प्रदेश राजधानी तथा अन्यत्र आउजाउ गर्नेहरूले निकै सास्ती भोगिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको बताए । ‘‘दैनिकजसो फरक–फरक ठाउँमा पहिरो झरिरहेको छ,’ उनले भने, ‘सम्बन्धित निकायलाई भनेर हामीले सक्दो छिटो खुलाउने प्रयास गरिरहेकै छौं ।’ बागलुङ, बेनीलगायतबाट आउजाउ गर्ने साना सवारीलाई भने सहस्रधारा–पाङ–अर्मादी हुँदै वैकल्पिक सडक प्रयोग गर्न लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…