कर्णालीमा पाँच जिल्लामा आज दिनभर विद्युत नआउने

सुर्खेत, २६ असार । कर्णालीका पाँच जिल्लामा आज (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ । आज बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

कोहलपुर–सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिगाहरु काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध भएको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिएका छन् । ‘कोहलपुर–सुर्खेत प्रसारण क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जसहित अधिकांश भागमा जंगल पर्छ, रुखका हाँगाबिंगाहरु काट्नका लागि दिनभर विद्युत अवरुद्ध गर्नुपरेको हो,’ प्रमुख गिरीले भने ।

aawash steels

उनका अनुसार बर्खायाममा आउने हावाहुरीबाट रुखका हाँगाहरु खसेर तारमा टाँगिने र पटक–पटक विद्युत अवरुद्ध हुन थालेपछि रुखका हाँगा काट्न गर्न थालिएको हो ।

कोहलपुर–सुर्खेत विद्युत प्रशारण बन्द हुँदा कर्णालीका सुर्खेतसहित दैलेख, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यानको पश्चिम क्षेत्रमा विद्युत अवरुद्ध हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…