पछिल्लो २४ घण्टामा थप १,८७५ जनामा संक्रमण, २९ जनाको मृत्यु, १,२८६ संक्रमणमुक्त

२४ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२८६ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ । नेपालमा अहिले कोरोना निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १,८७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ५,३७४ जनाको पीसीआर परीक्षण गर्दा १,२१८ जना र ५,१३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६५७ जना गरी १,८७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा ६ लाख ५१ हजार ३८० जना र एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ४१ हजार ४६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै कोरोना सङ्क्रमणका कारण थप २९ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९,३२० पुगेको छ । अहिले नेपालमा २७ हजार १७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…