यस्तो छ माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको उजुरी (पूर्णपाठ)

२३ असार, काठमाडौं । एमालेमा प्रवेश गरेका ‘पूर्व माओवादी’ नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा आज (बुधबार) निवेदन दर्ता गरेका छन् । पूर्व माओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा रामचन्द्र मण्डल, गिरिधारिलाल न्यौपानेलगायतले बुधबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।

‘माओवादी केन्द्रको तर्फबाट ४ जना संघीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिमाथि कारबाही गरियो । त्यो कारबाही अवैधानिक छ । पार्टी अवैधानिक छ । किनभने ०६९ साल माघ २० देखि २६ सम्म महाधिवेशन भयो । त्यसपछि माओवादी केन्द्रको महाधिवेशन भएको छैन,’ थापाले भने, ‘निर्वाचन आयोगमा ०७३ सालभित्र महाधिवेशन गरिन्छ भनेर जानकारी गराइयो तर महाधिवेशन भएन । निर्वाचन आयोगमा दर्ता नभएका पार्टीलाई कानुनले चिन्दैन । अवैधानिक पार्टीले कारबाही गरिराखेको छ भनेर दाबी पेस गर्न हामी आयोग आएका हौं ।’

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो । यस्तै, तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ‘बादल’ र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । चार सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो ।

नेकपा (माओवादी केन्द्र) को हैसियत नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार गुमिसकेको हुँदा दल दर्ता गरिपाउँ भनेर निवेदन आएको र त्यो दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘निवेदनमा पेस भएको व्यहोराको सन्दर्भमा सचिवालयमा अध्ययन भइसकेपछि त्यसबारे आयोगले केही निर्णय गर्छ,’ श्रेष्ठले भने ।

पूर्व माओवादीका एक नेताका अनुसार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दर्ता गराउने तयारी छ । त्यही तयारीअन्तर्गत पूर्व माओवादी नेताहरु आयोग गएका हुन् ।
हेर्नुस् उजुरी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…