चितवनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या

२३ असार , चितवन । चितवनमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय संक्रमितको संख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांकानुसार पछिल्ला केही दिनमा संक्रमितको संख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय संक्रमितको संख्या निकै बढी थियो । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय संक्रमितको संख्या चार हजार ७०० नाघेको थियो । जेठ १० गते चार हजार ७१३ पुगेको थियो ।

aawash steels

असार लागेसँगै घट्दै गएको संक्रमितको संख्या पुनः बढ्न थालेको छ । असार १ गते एक हजार ५४८ रहेको सक्रिय संक्रमितको संख्या घट्दै गएर असार १३ गते एक हजार १४ मा झरेको थियो । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते एक हजार ८७, १६ गते एक हजार १९८ र १८ गते एक हजार २२० हुँदै यो संख्या एक हजार २७१ पुगेको छ ।

सक्रिय संक्रमितको प्रतिशत पनि बढ्दै गएको छ । असार ५ गते यस वर्षकै कम २.१ प्रतिशत संक्रमित भएकामा असार १५ गते १७.९६ प्रतिशत, १८ गते २३.२४ प्रतिशत, १९ गते २७.२४ प्रतिशत, २० गते २७.२४ प्रतिशत, २१ गते १९.६९ प्रतिशत र २२ गते १८.४३ प्रतिशत रहेको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका फिजिसियन डा. भोजराज अधिकारी गम्भीर प्रकृतिका संक्रमित नभएर मध्यम र सामान्य प्रकृतिका संक्रमत बढेको बताउँछन् । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको आशंका हुँदा पनि घरमा बसेकाहरु परीक्षण गर्न आएर पनि संख्या बढेको हुन सक्ने उनको अनुमान छ । कोरोनाको मिल्दोजुल्दो लक्षण देखिँदासाथ परीक्षण गर्न उनले सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले देशव्यापी रूपमा भन्दा जिल्लामा केही कमी भए पनि संक्रमण बढ्दै गएकामा चिन्ता व्यक्त गरे । उनले भने, ‘हामी सबै सजग भएनौं भने संक्रमण झन् बढ्न सक्छ । सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्‍यो ।’

निषेधाज्ञा खुकुलो भए पनि संक्रमण छ भन्ने सोचेर आफ्ना दैनिक क्रियाकलाप गर्न उनले सुझाव दिए । जिल्लाका अस्पतालमा २१९ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये ६६ सघन उपचारकक्षमा, १७ भेन्टिलेटरमा, ४३ एचडीयूमा र ११० जना सामान्य शय्यामा उपचाररत छन् । जिल्लामा हालसम्म २८७ जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या १६ हजार ८६३ पुगेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…