बाढीले गाडी बगाउँदा पर्वतमा इन्जिनियरसहित तीन जना बेपत्ता

२३ असार, पर्वत । पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित तीन जना सवार गाडी बाढीले बगाएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने कुस्मा नजिकको सुन्दरखोलाले गए राति करिब ११ बजे गाडी बगाउँदा त्यसमा सबार तीन जना बेपत्ता भएका पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिएकी छिन् ।

‘राति करिब ११ बजे खोला पार गर्ने क्रममा उहाँहरुलाई बाढीले बगाएको हो,’ प्रमुख जिल्ला अधिकारी खत्रीले बुधबार बिहान भनिन्, ‘रातिदेखि नै बेपत्ता यात्रु र गाडीको खोजी भइरहेको छ, तर, अझै फेला पार्न सकिएको छैन ।’ प्रजिअ खत्री, डिएसपी शिवराज बुढाथोकीसहितको टोली अहिले घटनास्थलमै छ ।

aawash steels

निर्माण कम्पनी लामा कन्ट्रक्सनको उक्त गाडिमा इन्जिनियर राजाराम आचार्य, गाडीका चालक र एक जना स्थानीयबासी सबार थिए। गाडीका चालक र स्थानीयको भने नाम खुल्न बाँकी रहेको पर्वतका प्रहरी प्रमुख डिएपी शिवराज बुढाथोकीले जानकारी दिए । बेपत्ता भएको गाडी नम्बर पनि खुलेको छैन ।

पर्वत सदरमुकाम कुस्माबाट पर्वतकै डिमुवातर्फ जाँदै गर्दा कुस्मा नजिकै पर्ने मध्यपहाडी लोकमार्गको सुन्दरखोलामा आएको बाढीले गाडी बगाएको हो । बाढी पहिरोको कारण अहिले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बन्द भएको छ । बाढी पहिरोले पर्वतका तीन–चार वटै सडक खण्ड बन्द भएका डिएसपी बुढाथोकीले बताए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…