असार २३, बुटवल। रुपन्देहीको सैनामैना नगरपालिका र सुन्दर ट्रेडर्स प्रालिबीच विद्युतीय सवारी साधन एसेम्बल प्लान्ट निर्माण गर्न सम्झौता भएको छ ।
सैनामैना नगरपालिका वडा न. ८ र ९ मा पर्ने नदि उकास जग्गामा उद्योग स्थापना गरि व्यवासायिक उत्पादन सुरु गर्ने गरि सम्झौता भएको सुन्दर यातायात प्रा.लि ले जनाएको छ । प्लान्ट निर्माण भई उत्पादन सुरु गर्दा पहिलो चरणमा वार्षिक ३०० बस उत्पादन गरिने कम्पनिको योजना रहेको छ ।
चिनबाट समान मगाई प्लान्टमा ल्याएर एसेम्बल गरिने छ । यसरी बनेका बसहरु अन्य आयातित बसहरुको तुलनामा २० देखि २५ लाख सम्म सस्तो पर्न जाने कम्पनीको दावी छ ।