पछिल्लो २४ घण्टामा थप २,६३४ जनामा संक्रमण, १५ जनाको मृत्यु, १,५६५ संक्रमणमुक्त

२२ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,५६५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख नाघेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३६५, भक्तपुरमा २९ र ललितपुरमा १०५ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २,६३४ जनामा संक्रमण पुष्टि भएको हो।

aawash steels

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५०३ जना पिअिसार परीक्षण गर्दा एक हजार ७१८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…