सुजिता भण्डारी मृत्यु प्रकरण : पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू

चितवन, २२ असार । चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ ।

चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् । मंगलबार अपराह्न सुजिता भण्डारी मृत्यु घटनामा प्रशासन संवेदनशील नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए । उनीहरूले राजमार्ग अवरुद्ध पारेर टायर बाल्दै प्रदर्शन गरेका थिए ।

aawash steels

प्रदर्शनले उग्ररूप लिएपछि केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो ।

आक्रोशित बनेका स्थानीयको प्रदर्शन थप बढपछि राति साढे ७ बजेदेखि २४ घण्टाका लागि लगाइएको हो । प्रदर्शनकारीले सुजिताको हत्या भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरेर सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । असार ११ गतेदेखि हराएकी सुजिता गत आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…