निको हुने भन्दा कोरोना संक्रमित हुने झण्डै दोब्बरले बढे

काठमाडौं, २२ असार । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुने भन्दा संक्रमित हुनेको संख्या झण्डै दोब्बरले बढेको छ । नेपालमा गएको २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

१२ हजार ५८५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन् । यो अवधिमा १,५६५ जना संक्रमणमुक्त भएका छन् । निषेधाज्ञा खुकुलो भएपछि नेपालमा पुनः संक्रमितको संख्या बढ्दै गएको छ । हिजो पनि संक्रमणमुक्त हुने भन्दा संक्रमितको संख्या धेरै थियो ।

आज १५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ । यस्तै, आज काठमाडौं उपत्यकामा ४९९ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौं ३६५, ललितपुर १०५ र भक्तपुर २९ जना रहेका छन् ।

हिजो पनि संक्रमणमुक्त हुनेभन्दा संक्रमितको संख्या बढी थियो। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हिजो २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको थियो भने २ हजार २११ जना संक्रमणमुक्त भएका थिए। यस्तै, २३ जनाको मृत्यु भएको थियो ।
हिजो काठमाडौं उपत्यकामा ५५१ जनामा संक्रमण देखिएको थियो । जसमा काठमाडौं ३७८, ललितपुर १२४ र भक्तपुर ४९ जना रहेका थिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…