साउन ८ भित्रै चीनबाट ४० लाख डोज खोप आउने (उडान तालिका सहित)

काठमाडौं, २१ असार । सरकारले आउँदो साउन ८ गतेभित्रै ४० लाख डोज कोरोना खोप चीनबाट ल्याइसक्ने दावी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सामाजिक सञ्जालमार्फत उडान तालिका सार्वजनिक गर्दै चीनबाट ४० लाख डोज भेरोसेल खोप ल्याउन लागिएको जानकारी गराएका छन् ।

चीनबाट कोरोना भाइरसविरुद्धको खोप ल्याउनेसम्बन्धी उडान तालिका सार्वजनिक भएको छ । नेपाल एयरलाइन्सलाई उद्धृत गर्दै डा. भट्टराईले सार्वजनिक गरेको तालिकाअनुसार खोप लिन नेपाल एयरलाइन्सको विमान यही असार २४ गते बेइजिङ जाँदैछ । सार्वजनिक तालिकाअनुसार तीन पटकमा गरेर आउँदो साउन ८ गतेसम्म ४० लाख डोज खोप काठमाडौं आइपुग्नेछ ।

aawash steels

चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्रै आइसक्ने भएको छ । पहिलो खेप खोप असार २५ गते काठमाडौं आइपुग्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप खरिदबारे सिनोफार्मसँग सम्झौता भएको १८ असारमा बताएको थियो । जसका अनुसार खोप आपूर्तिका लागि असार २४ गते गएर २५ गते फर्किने छ । यस्तै असार ३१ गते उड्ने विमान साउन १ गते खोप लिएर फर्किने छ । तेस्रो तथा अन्तिम खेप लिन साउन ७ गते जाने विमान भोलि ८ गते फर्किने छ ।

स्रोतका अनुसार एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ । यसअनुसार तीन खेलमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ ।

बाँकी १५ लाख ७१ हजार २०० डोज खोप लिन थप दुई फ्लाइट हुनेछ । त्यसको लागि फ्लाइटको मिति तय भएको छैन । सरकार–सरकार (जीटुजी) ननडिस्क्लोजर एग्रिमेन्ट (गोप्य सम्झौता) गरेर खोप ल्याउन लागिएकोले यसबारेमा विस्तृत खुलाइएको छैन ।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…